विद्यालयबाट फर्किंदा खोलाले बगाएर रुकुममा दाजु बहिनीकै ज्यान गयो

विद्यालयबाट फर्किंदा खोलाले बगाएर रुकुममा दाजु बहिनीकै ज्यान गयो

रुकुमपश्चिम : रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन्। 

मनोज र भावना आफ्नै दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

आइतबार अपरान्ह विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो। उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थें। 

मनोजको शव एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला परेको थियो। प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन्।

भदौ १८, २०८० सोमबार १०:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।