नेपाल कतारविरुद्ध पहिले बलिङ गर्दै, लगातार चौथो जितको लक्ष्य

नेपाल कतारविरुद्ध पहिले बलिङ गर्दै, लगातार चौथो जितको लक्ष्य

काठमाडौं : नेपालले आज (सोमबार) आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा कतारसँग भिड्दैछ।

लगातार चौथो जितको योजना बनाएको नेपालले कतारविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ। मलेसियामा जारी प्रतियोगितमा कतारलाई हराए नेपाल अन्तिम खेलअघि नै सेमिफाइनलमा पुग्नेछ।

समूह ‘ए’ मा नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन्।

भदौ १८, २०८० सोमबार ०७:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।