आजको मौसम : यी चार प्रदेशमा हुँदैछ भारी वर्षा

आजको मौसम : यी चार प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं : आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशको पहाडी भूभागको थोरै  स्थानहरूमा तथा बाँकी भूभागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भदौ १८, २०८० सोमबार ०७:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।