उकेरा टप फाइभ : आमाको अपराधको सजाय भोगेका कलिला सन्तानका कहानीदेखि ‘क्याबिन क्रु’ प्रशिक्षक सोफियाको प्रसव पीडा र खुशीसम्म

उकेरा टप फाइभ : आमाको अपराधको सजाय भोगेका कलिला सन्तानका कहानीदेखि ‘क्याबिन क्रु’ प्रशिक्षक सोफियाको प्रसव पीडा र खुशीसम्म

काठमाडौं : आइतबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराए। अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व टुंगो लगाउका निएको निर्देशनलाई लत्याउँदै दुई जनाले उम्मेदवारी दर्ता गराए। वर्तमान अध्यक्ष राधाकृष्ण कँडेलले कार्यालयमै गएर उम्मेदवारी दिँदा अर्का उम्मेदवार हरि रिजालले वारेसनामामार्फत उम्मेदवारी दिए।

आइतबारै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार राति लेखेको स्टाटसको चर्चा दिनभर रह्यो। सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्ति दिएपछि त्यसको पक्ष र विपक्षमा दिनभर बहस भयो। अपरान्ह मेयर शाहको सचिवालयले एक विज्ञप्ति निकालेर मेयरकी श्रीमती सविना काफ्लेलाई प्रहरीले नचाहिँदो केरकार गरेको आरोप लगायो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले आइतबार बिहान सुर्खेत कारागारमा कारागारमा रहेका महिला कैदीले आफ्ना सन्तानलाई नै कारागारमा राख्ने गरेको समाचार लेख्यो। आमाले अपराध गरे पनि त्यसको सजाय बालबालिकाले भोगिरहेको विषयमा रिपोर्ट छाप्यो।
पूरा समाचारः समाजवादी सरकारको अनुहारः अपराध गर्ने आमा सजाय भोग्ने कलिला सन्तान!

बिहानै उकेराल रसुवागढीमा रहेको नेपालको अध्यागमनको कार्यालयमा बिहानैदेखि कैलाश–मानसरोवर जाने तीर्थयात्रीको भिड लागेको समाचार तस्बिरसहित छाप्यो। रसुवा र चीनको सीमा टिमुरेमा रहेको अध्यागमनको कार्यालयमा प्रक्रिया पूरा गर्न तीर्थयात्रीहरूको बिहान साढे सात बजेदेखि नै लाइन सुरु भएको हो।
पूरा समाचारः कैलाश-मानसरोवर यात्राको क्रेज (तस्बिरहरू)

दिउँसो उकेराले चलचित्र ‘गणपति’को समीक्षा लेख्यो। समीक्षामा फिल्म निर्देशकका कारण फिल्म हेनैपर्ने सूचीमा बस्न सकेन। दुई घण्टाभन्दा छोटो पनि फिल्म हुन्छ र भन्ने निर्देशकको भ्रमको सिकारमा फिल्म पर्यो।
पूरा समाचारः ‘गणपति’ फिल्म समीक्षाः मेनुकाको फ्यानले हेरे हुन्छ, मुकुनको अभिनयका लागि नहेरे नि हुन्छ

उकेराले साँझपख आफ्नो नियमित स्तम्भ प्रसव पीडा खुसीमा ‘क्याबिन क्रु’ प्रशिक्षक सोफिया गुरुङको अनुभव समेट्यो। उनी चर्चित गायक दीप श्रेष्ठकी श्रीमती हुन्। उनले गर्भवती र प्रसव पीडाका प्रसङ्ग उकेरासँग साटिन्।
पूरा समाचारः ‘क्याबिन क्रु’ प्रशिक्षक सोफियाको प्रसव पीडा र खुशीः गर्भवती हुँदा थुक्पा र मःम मात्र खाएँ, पछि शरीरलाई तागत नै पुगेन

र साँझमा उकेराले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको समाचार लेख्यो। शनिबार पार्टी अध्यक्ष ओलीले सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिए पनि प्रथम प्रदेश अधिवेशनमा सहमति हुन नसकेको हो।
पूरा समाचारः ओलीको निर्देशनविपरीत एमालेको लुम्बिनी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी

भदौ १७, २०८० आइतबार २२:२९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।