ललिता निवासको अनुसन्धान र अभियोजनको पारा : मागदाबी ६२ करोड घटाउन पत्र

ललिता निवासको अनुसन्धान र अभियोजनको पारा : मागदाबी ६२ करोड घटाउन पत्र

काठमाडौं : ललिता निवासको अनुसन्धानको प्रक्रिया सकिएर सरकारी वकिलले अदालतमा मुद्दा नै दायर गरिसक्यो।

प्रतिवादीको बयान सक्काएर अदालत थुनछेकको आदेशमा लाग्नुपर्नेमा मागदाबी सच्यानतिर लाग्नु परेको छ। कारण हचुवा अनुसन्धान अनी कपिपेष्ट अभियोजन।

६० दिन लगाएर केन्द्रीय अनुसन्धान ब्यूरोले बुझाएको प्रतिवेदन अनुसारै  सरकारी वकिलले पूर्वमन्त्री चन्द्रदेव जोशीको विगो ६३ करोड १० लाख रुपैयाँबाट घटाएर एक करोड ८ लाख रुपैयाँ मागदाबी बनाउन पत्र पठाएको छ।

अभियोग पत्र दर्ता भएपछि सिआइवीले बल्ल बिगोको मागदाबी नै गलत परेको थाहा पायो। अनि सरकारी वकिलकोमा पत्र पठायो।

केहीको हकमा मागदाबी नै हेरफेर गरेको सरकारी वकिल कार्यालय काठमाडौंको हैसियत पनि देखियो। बिगो नै ६२ करोड बढि मागेको भन्दै अभियोग पत्र नै सच्याउनुपर्ने अवस्था आयो।

यति मात्रै हैन विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम आरोपितबाट हटाउन अनि  प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन समेत पत्रमा उल्लेख गरिएको छ।

भदौ १७, २०८० आइतबार २१:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।