जिम्बावेका पूर्वकप्तान हिथ स्ट्रीकको निधन

जिम्बावेका पूर्वकप्तान हिथ स्ट्रीकको निधन

काठमाडौं : जिम्बाब्वे क्रिकेट टिमका पूर्व कप्तान तथा अलराउन्डर हिथ स्ट्रीकको निधन भएको छ।

कलेजोको क्यान्सर भएका ४९ वर्षीय स्ट्रीक मे महिनादेखि दक्षिण अफ्रिकाको जोहानेसबर्गको अस्पतालमा उपचार गराइरहेका थिए। उनको श्रीमती र तीन छोराछोरी छन्।

स्ट्रीक १९९० को दशकको जिम्बाब्वे टोलीका प्रमुख खेलाडी थिए। उनले जिम्बाब्वेको ६५ टेस्ट खेलका साथै १९९३ देखि २००५ सम्मका १८९ ओडीआई खेलमा प्रतिनिधित्व गरेका थिए।

उनले टेष्टमा कुल २१६ विकेट र एकदिवसीयमा २३९ विकेट लिएका छन्। उनी १०० भन्दा बढी टेस्ट विकेट र २०० भन्दा बढी एकदिवसीय विकेट लिने एकमात्र जिम्बाब्वे बलर थिए।

उनले टेस्टमा कुल १९९० रन बनाए, जसबाट उनी टेस्ट क्रिकेटमा जिम्बाब्वेका लागि सातौं सर्वाधिक रन बनाउने खेलाडी बने। उनले एकदिवसीय क्रिकेटमा पनि २९४३ रन बनाएका छन्।

भदौ १७, २०८० आइतबार २१:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।