ओलीको निर्देशनविपरीत एमालेको लुम्बिनी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी

ओलीको निर्देशनविपरीत एमालेको लुम्बिनी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी

बुटवल : अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

शनिबार पार्टी अध्यक्ष ओलीले सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिए पनि प्रथम प्रदेश अधिवेशनमा सहमति हुन नसकेको हो।

प्रदेश अध्यक्षमा निवर्तमान अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दर्ता गराएका हुन्। रिजालले वारेसनामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट ९२१ र जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका छन्।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ।

भदौ १७, २०८० आइतबार २०:३५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।