बजेट अभावले सोचेजस्तो काम गर्न नसकेको मन्त्री आचायको गुनासो

बजेट अभावले सोचेजस्तो काम गर्न नसकेको मन्त्री आचायको गुनासो

काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बजेट अभावका कारण मन्त्रालयले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन्। 

आइतबार महिला तथा सामाजिक मामिला समितिमा आर्थिक वर्ष २०८९÷०८० को मन्त्रालयको कार्यविरण प्रस्तुत गर्दै गर्दा मन्त्री आचार्यले बजेट अभाव, अन्तरमन्त्रालयबीचको कार्यगत अस्पष्टता र समन्वयको अभाव जस्ता कारणले मन्त्रालयले आफैं काम गर्न सक्ने अवस्था नरहेको बताएका हुन्। 

मन्त्रालयमा न्यून बजेट विनियोजनको कारण महिला,बालबालिका र अन्य क्षेत्रमा चाहे जस्तो योजना र कार्यक्रम गर्न नसकिएको उनले बताए।

त्यस्तै, उनले क्षमता भन्दा धेरै बालबालिकाहरु एउटै सुधार गृहमा राख्नु पर्ने बाध्यता रहेको भन्दै त्यसको सुधारका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन्।

‘खासगरी त्यो बालसुधार गृहको क्षमताभन्दा दुई गुणा भन्दा बढी त्यहाँ बच्चाहरुको संख्या छ। खासगरी सुधार गृहमा १८ वर्ष सम्मका बच्चाहरु राख्नुपर्ने र उनीहरुको मुद्दा समयमै फैसला नहुदा खेरी २७ वर्षकालाई पनि त्यसैमा राख्नुपर्ने अवस्था छ। त्यसले गर्दा खेरी त्यहाँको वातावरण नराम्रो पक्कै भएको छ,’ उनले भने। 

मन्त्री आचार्यले बालसुधार गृह निर्माणको लागि अर्थ मन्त्रालयले बजेट नदिँदा उक्त कार्य रोकिएको गुनासो गरे।

भदौ १७, २०८० आइतबार १७:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।