स्वास्थ्यमन्त्री बस्नेतसँग चिनियाँ राजदुत सोङको शिष्टाचार भेट

स्वास्थ्यमन्त्री बस्नेतसँग चिनियाँ राजदुत सोङको शिष्टाचार भेट

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आईतबार  मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले बताए।

भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गरेका छन्।

चीनले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति धन्यावाद व्यक्त गर्दै मन्त्री बस्नेतले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि सहयोगको अपिल समेता गरेको प्रस संयोजक दुलालले बताए।

‘चीन सरकारको आर्थिक र प्राविधिक सहयोग एवं सहकार्यप्रति कृतज्ञ छौँ,’ मन्त्री बस्नेतले भने, ‘भक्तपुरको दुवाकोटमा विस्तारका क्रममा रहेको वीर अस्पतालका लागि भौतिक संरचना निर्माणमा सहयोगको अपेक्षा राखेका छौं।’

राजदूत सोङले नेपाललाई चीनले उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताए।

भदौ १७, २०८० आइतबार १६:२६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।