भ्रष्टाचार गरेको आरोपमा लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

भ्रष्टाचार गरेको आरोपमा लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : दानपत्रमार्फत निःशुल्क प्राप्त भएको जग्गा छ लाखमा खरिद गरेको देखाएर भ्रष्टाचार गरेको आरेपमा सोलुखुम्बु को लिखुपिके गाउँपालिकाका तत्तकालीन प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार तत्तकालीन प्रशासकीय अधिकृत भण्डारी, गाँउपालिकाका वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत र तत्कालीन लेखापाल जिवन सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको छ।

उनीहरुविरुद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगा समेत असुल उपरकोे माग सहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

भदौ १७, २०८० आइतबार १६:०५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।