१६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक युवक पक्राउ

१६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवक पकौउ परेका छन्। 

१६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ।

नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका २ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

भदौ १७, २०८० आइतबार १४:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।