डेङ्गी सङ्क्रमणबाट एक किशोरीको मृत्यु

डेङ्गी सङ्क्रमणबाट एक किशोरीको मृत्यु

दार्चुला : डेङ्गी सङ्क्रमणबाट दार्चुलामा एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेङ्गी सङ्क्रमणबाटछ मृत्यु भएको हो। 

गत भदौ ७ गते डेङ्गी पोजेटिभ देखिएकी उनलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो। उपचारका क्रममा शनिबार राति उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। 

चैंसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा रहेको विद्यालयका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिए।

उनको निधनमा आज आइतवार विद्यालयमा शोक बिदा दिइएको प्रधानाध्यापक सामन्तले बताए।

दार्चुलामा यो वर्ष अहिलेसम्ममा एक सय ९४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत वीरेन्द्र भट्टले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित रहेको दार्चुलामा केहि दिन अघि डेङ्गी सार्ने लामखुट्टे फेला परेको थियो।    

भदौ १७, २०८० आइतबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।