ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका १८ जना प्रतिवादीको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु भएको छ।  

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा  थुनछेक बहस सुरु भएको हाे।

अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको जिल्ला अदालत काठमाडौले जानकारी दिएको छ। 

पक्राउ परेका १८ प्रतिवादीको बयान पनि यही इजलासमा  गत हप्ता सकिएको थियो। भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो। 

बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ।

जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ।

ललितानिवास जग्गा प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, बेदप्रकास पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरे सीआइबीको हिरासतमा रहेका छन्।

भदौ १७, २०८० आइतबार १३:०६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।