रसुवागढी नाका : चीनतर्फ चिरिच्याँट्ट, यता भद्रगोल (तस्बिरहरू)

रसुवा : कोरानाका कारण तीन वर्ष बन्द भएर रसुवागढी नाका खुलेको पाँच महिना भइसक्यो। हाल यसै नाका हुँदै कैलाश-मानसरोवर जाने तीर्थयात्रीको भिड लाग्छ।
चीन प्रवेश गर्न अझै पनि कोरोनाको नाकामा र्यापिड टेस्ट अनिवार्य छ।
नेपाल र चीनबीचको एक प्रमुख यस नाकामा मानसरोवर जान हरेक दिन मानिसको लाइन लाग्छ। सीमा नाकाको पारि पटि चिनतर्फ सब चिरिच्याँट्ट देखिन्छ। यता नेपालतर्फ भने सब भद्रगोल छ।
नेपालको नयाँ अध्यागमन भवन बन्दै गरेकाले काम चलाउ पाराको अध्यागमन भवनबाट काम भइरहेको छ। जहाँ एक्स-रे मेसिन यत्तिकै थन्किएको छ।
चिनको भव्य स्वागत द्वारले स्वागत पनि भव्य नै गर्छ। नेपालतर्फ भने स्वागत द्वारको नाममा एउटा फलामे कंकालदेखि केही छैन।
भदौ १७, २०८० आइतबार १२:५६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।