काठमाडौंमा गैंडाको खागसहित चार जना पक्राउ

काठमाडौंमा गैंडाको खागसहित चार जना पक्राउ

काठमाडौं : गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ।

दोलखाको मेलुङ्ग गाउँपालिका-७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका-७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ का कर्ना तामाङलाई सात सय ८८ ग्राम तौल भएको खागसहित पक्राउ गरिएका प्रहरीले जनाएको छ।

संरक्षित वन्यजन्तुको खाग अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ हरहर महादेवस्थानबाट २ जनालाई पक्रेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

पक्राउ परेका दुई जनाको वयानको आधारमा  थप २ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

भदौ १७, २०८० आइतबार १२:४५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।