नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी आज सकिंदै, अवलोकनकर्ताको उपस्थिति उत्साहजनक (तस्बिरहरू)

नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी आज सकिंदै, अवलोकनकर्ताको उपस्थिति उत्साहजनक (तस्बिरहरू)

काठमाडौं : नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस् तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको आज (आइतबार) समापन हुँदैछ।

तीन दिने प्रदर्शनीमा विद्युतीय सवारी साधन तथा विद्युतीय घरायसी सामग्रीको बारेमा जानकारी दिने तथा जानकारसँग छलफल कार्यक्रम समेत भइरहेको छ।

यसै सन्दर्भमा उकेराले मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक सिर्जल भट्टराईंसँग गरिएको कुराकानी : 

विद्युतीय घरायसी सामग्री र विद्युतीय सवारी साधनको अन्तर्राष्ट्रिय प्रदर्शन गरिरहनु भएको छ। कस्तो चलिरहेको छ?

हामीले तीन दिन अन्तर्राष्ट्रिय प्रदर्शन गरेका हौं। आज प्रदर्शनको अन्तिम दिन हामीले घरायसी विद्युतीय सामग्रीको उपयोग बारे जानकारी, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा ४ पाङ्ग्रे सवारी साधनबारे जानकारी दिएका छौं। उत्साहजनक उपस्थिति रहेको छ। 

दुई दिनमा कतिले अवलोकन गर्नुभयो?

हिजोसम्म प्रदर्शनीको अवलोकन १४ हजारले गर्नुभयो। त्यस्तै यूएसआईडी लगायत संस्ठाका अन्तर्राष्ट्रिय स्तरका व्यक्तिहरूले विद्युतीय सामाग्रीको उपयोगबारे हाम्रा सेसनहरूमा बोल्नुभयो। छलफल र अवलोकन उत्साहजनक रह्यो।

आम उपभोक्ताहरूले सामान किन्दा के मा ध्यान दिने? 

सामानको गुणस्तर हेर्नुपर्यो। उदाहरणका लागि स्कुटर किन्दा कति समय गुड्छ भनेर मात्रै हेरेको देखिन्छ। तर त्यो मात्रै होइन अन्य पार्टपुर्जाको पनि जानकारी लिनुपर्ने देखिन्छ।

सरकारले विद्युतीय सामग्रीको उपयोग बढाउने त भन्छ तर विद्युतीय गाडी लगायतका सामग्रीमा कहिले बढी भन्सार कर लगाउने कहिले कम लगाउने गरिन्छ। स्थिर नीति नहुँदा अप्ठ्यारो परेको छ कि? 

विद्युतको उपयोग बढाउन मात्र नभएर वातावरण स्वच्छ राख्न, व्यापार घाटा कम गर्नको निम्ति पनि सरकारले आफ्ना नीतिहरू पुनर्विचार गर्नुपर्ने देखिन्छ। अस्ति हाम्रै कार्यक्रममा उर्जा मन्त्रीले विद्युतीय सामग्रीको जुन घरायसी उपयोग हुन्छ त्यसको लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहित गर्ने, विद्युतीय सवार साधन उपयोगको लागि धेरै नीतिहरू परिवर्तन गर्ने बताउनु भएको छ। आशा गरौं  सरकारले गर्छ पनि।

​​​​​​​

​​​​​​​

 

भदौ १७, २०८० आइतबार १२:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।