पेप्सीकोला दुर्घटना अपडेट : सशस्त्रका जवानसहित दुई जनाको मृत्यु

पेप्सीकोला दुर्घटना अपडेट : सशस्त्रका जवानसहित दुई जनाको मृत्यु

काठमाडौं : काठमाडौंको पेप्सीकोला सडकखण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका १४ जना मध्ये दुई जनाको मृत्यु भएको छ।  \

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले र विपरीत दिशाबाट बा.प्र.०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा ६ च ५३४२ नम्बरको बलेरो गाडीलाई आज बिहान ७ः३० बजे ठक्कर दिँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत  सशस्त्र प्रहरी जवान उषा थापा र स्कुटर चालक सर्लाहीका २१ वर्षीय राज भट्टराइको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पुष्टी गरे।  

दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ १७, २०८० आइतबार १२:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।