जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं  : जुम्लामा जीप दुर्घटना भएको छ।  

जुम्लाबाट मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जिप आज बिहान पौने ७ बजेरि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्ने ठाउँमा दुर्घटनामा परेको जुम्ला प्रहरीले जनाएको छ।

दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत हुन भने बाँकी रहेको छ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ १७, २०८० आइतबार ११:५०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।