स्मार्ट प्यारेन्टिङ्ग नेपालद्वारा सदस्य संख्या एक सय पुगेको अवसरमा चियापान कार्यक्रम सम्पन्न
काठमाडौं : नेपालमा अभिभावक शिक्षा प्रवद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको स्मार्ट प्यारेन्टिङ्ग नेपालले संस्थामा आवद्ध सदस्य संख्या एक सय जना पुगेको उपलक्ष्यमा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
आईतबार आज राजधानी काठमाडौमा आयोजित चियापान कार्यक्रममा सँस्थाको तेस्रो बाषिर्कोत्सव तथा अभिभावक शिक्षाको ज्ञानलाई अभिबृद्दी गर्ने लगायतका बिषयमा छलफल गरेको जनाएको छ।
बालबालिकाको सर्वाङ्गिण विकासमा बिद्यालयको मात्र नभैइ अभिभावकहरुको पनि महत्वपुर्ण भूमिका हुने र नेपालमा अभिभावक शिक्षाको महत्वबारेमा अभिभावहरुमा चेतना अभिबृद्दी गर्न जरुरी रहेको सन्दर्भमा ‘स्मार्ट र प्यारेन्ट, स्मार्टर चिल्ड्रेन’ भन्ने नारा बोकेर बालबालिकाहरुको सर्वाङ्गिण विकासको निम्ती अभिभावक र स्याहारकर्ताको साथी बन्ने उद्देश्यले वि.स. २०७७ साल भदौ ९ गते उक्त सँस्थाको स्थापना भएको थियो।
उक्त संस्थाले स्थापनाकालदेखि नै भौतिक तथा भर्चुअल माध्यमबाट अभिभावकहरु तथा स्याहारकर्ताहरुलाई अभिभावक शिक्षा प्रदान गर्दै आइरहेको छ।
अभिभावक शिक्षालाई अझ प्रभावकारी बनाउन अभिभावक शिक्षा प्राप्त गर्ने र प्रदान गर्नेहरुलाई एकै ठाउँमा भेला गराउने हेतुले एस.पि.एन. नेटवर्क भन्ने संजाल पनि विकास गरिएको छ। उक्त संजालमा आवद्ध सदस्य सँख्या एक सय पुगेको छ।
उक्त चियापान कार्यक्रममा एस.पि.एन.नेटवर्क सन्जालका सदस्यहरुका साथै प्रमुख अतिथीको रुपमा वाल विकास विज्ञहरु पिताम्बर न्यौपाने, डा.मिनाक्षी दाहाल , दिपु शाक्यको उपस्थिती रहेको थिया।
संजालका पहिलो सदस्य पुजा खनाल गौतमले कार्यक्रमका अध्यक्षता गरेका थिइन्। संस्थाका सह –संस्थापक सुनिता नापितले उपस्थित सहभागीहरुको स्वागत तथा अर्का सह–संस्थापक प्रतिमा लामाले धन्यावाद ज्ञापन गरेकी थिइन्।
भदौ १७, २०८० आइतबार ११:३५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।