पेप्सिकोला दुर्घटना अपडेट : एकको मृत्यु, ७ जना घाइते

पेप्सिकोला दुर्घटना अपडेट :  एकको मृत्यु, ७ जना घाइते

काठमाडौं : पेप्सिकोला सडकखण्डमा बसले बोलेरो र स्कुटरलाइ ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु भएका व्यक्तिको सनाखत हुन बाँकी रहेको  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

उनका अनुसार बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशा तर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा.प्र.०२ ०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२ ०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोकिई दुर्घटना भएको हो।

दुर्घटना आइतबार बिहान करिब ७ः३० बजेतिर भएको प्रहरीले जनाएको छ। घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ। 

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ १७, २०८० आइतबार १०:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।