पेप्सीकोला सडकमा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्‍कर दियो, १४ जना घाइते

पेप्सीकोला सडकमा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्‍कर दियो, १४ जना घाइते

काठमाडौं : काठमाडौंको पेप्सीकोला सडकखण्डमा बसले बोलेरो र स्कुटरलाई ठक्कर दिंदा १४ जना घाइते भएका छन्।

जडिबुटीदेखी पेप्सिकोला तर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा३ख ४८४८ नम्बरको बस ठीक विपरीत दिशा तर्फबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीसँग ठोक्किएको थियो।

साथै यस दुर्घटनामा बा.प्र.०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि परेका थिए। 

दुर्घटना आइतबार बिहान करिब ७ः३० बजेतिर भएको प्रहरीले जनाएको छ। घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ।

भदौ १७, २०८० आइतबार ०९:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।