दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना, २ जनाको मृत्यु

दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोक : दोलखाबाट काठमाडौं जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपियो जीप लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 
 
स्कारपियो सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए। दुर्घटनाका घाइतेलाई  उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ।

भदौ १७, २०८० आइतबार ०९:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।