सेजनको अध्यक्षमा सुजन निर्वाचित, पदाधिकारीमा पुरुष हाबी

सेजनको अध्यक्षमा सुजन निर्वाचित, पदाधिकारीमा पुरुष हाबी

काठमाडौँ : नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन्।

सेजनको २५औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट ओली ९९ मतसहित निर्वाचित भए। सिरोमणी ढुङ्गानाले दोस्रो पटक सेजन अध्यक्षमा प्रयास गरे। तर तीन मतले पराजित भए। उनले ९६ मत ल्याएका थिए। २४ औँ महाधिवेशनमा पनि उनी अध्यक्षको उम्मेदवार बनेर पराजित भएका थिए।

यसैगरि सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए। महासचिवमा विश्वास रेग्मी निर्विरोध भएका थिए। सचिवमा शोभित थपलिया र कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भए।

सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भए। निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो।

भदौ १६, २०८० शनिबार २२:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।