पाकिस्तानलाई भारतले दियो २६७ रनको लक्ष्य
काठमाडौं : एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ।
श्रीलंकाको पेल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो।
उसका लागि इसान किशान र हार्दिक पाण्ड्याले क्रमशः ८२ र ८७ रनको अर्धशतकीय पारी खेले। जसप्रित बुमराहले १६, रविन्द्र जडेजा र श्रेयस अय्यरले समान १४ रन बनाउँदा रोहित शर्माले ११, शुभमन गिलले १० रन जोडे।
कुलदीप यादव र विराट कोहलीले समान ४ रन बनाउँदा शार्दुल ठाकुरले ३ र मोहम्मद सिराजले नटआउट १ रन बनाए।
बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफरिदीले चार तथा नसीम शाह र हरिश रौफले समान तीन–तीन विकेट लिए।
पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
पाकिस्तानले यसअघि नेपाललाई पराजित गरिसकेको छ भने भारतको एसिया कपमा यो पहिलो खेल हो।
भदौ १६, २०८० शनिबार २०:०६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।