एसिया कप : भारतको आठ विकेट गयो

एसिया कप : भारतको आठ विकेट गयो

काठमाडौं :  एसिया कपमा भारत र पाकिस्तानबीचको खेलमा भारतको आठ विकेट गएको छ।

भारतका लागि हार्दिक पाण्ड्या र इशान किशनले अर्धशतक बनाए। इशान किशन ८२ र हार्दिक पाण्ड्या ८७ रन बनाएर आउट भए।

खेलको सुरुमै टस जितेर ब्याटिङ गर्न आएका भारतीय टिमका ब्याट्सम्यान पाकिस्तानी बलरको अगाडि टिक्न सकेनन्।

इशान किशन र हार्दिक पाण्डेय खेल्न आएपछि यो इनिङ्स राम्रो भयो।

पाकिस्तानका लागि हरिस रउफले ३ र शाहिन शाह अफ्रिदीले ४ विकेट लिए।

भारतका लागि रोहित शर्माले ११, विराट कोहलीले ४, श्रेयस अय्यरले १४, शुभमन गिलले १०, रविन्द्र जडेजाले १४, शार्दुल ठाकुरले ३ रन बनाए।

भदौ १६, २०८० शनिबार १९:३३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।