उकेरा टप फाइभ : १५ वर्षीया किशोरीमाथि अटो चालकद्वारा पटक-पटक बलात्कारदेखि कोरोना कालमा डा. समीरले भोगेका पीडासम्म

उकेरा टप फाइभ : १५ वर्षीया किशोरीमाथि अटो चालकद्वारा पटक-पटक बलात्कारदेखि कोरोना कालमा डा. समीरले भोगेका पीडासम्म

काठमाडौं : शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन भयो।  कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व टुंग्याउन निर्देशन दिए। उनले पदाधिकारीमध्ये सबैभन्दा बढी लुम्बिनीमा भएको भन्दै सहमतिमै नेतृत्व टुंग्याएर पार्टी पंक्तिलाई सन्देश दिन आग्रह गरे।

माओवादी केन्द्रले शनिबार बाटै ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्यो। जसको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट गरे। कार्यक्रमको शुभारम्भ गर्दै उनले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार बिरोधी अभियान चलाउनुपरेको बताए।

शनिबार नै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भातृ संगठन युवा संघले विरोधको कार्यक्रम गर्यो। उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान एसईईको ग्रेड बृद्धि परीक्षाको तयारी गर्न दैलेखबाट सुर्खेत आएकी १५ वर्षीय किशोरीलाई होटेलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको समाचार छाप्यो।
पूरा समाचारः फुपूको घरमा पढ्न हिँडेकी १५ वर्षीया किशोरी अटो चालकको बन्धकमा, पटक–पटक बलात्कारको सिकार

दिउँसो उकेराले आफ्ना पाठकलाई साहित्यिक खुराक दियो। जसका लागि मनहरि चापागाईंको कथा छाप्यो। कथामा एक महिलाको संघर्षका चरणहरूलाई प्रस्तुत गरिएको छ।
पूरा समाचारः चमेलीको पौरख र भट्टी पसल

दिउँसो नै उकेराले चलचित्र ‘ऐंचो पैँचो’को समीक्षा लेख्यो। फिल्ममा कमजोरी भए पनि खत्तमै भने नभएको समीक्षक भोला अधिकारीको बुझाइ छ। उनले समीक्षामा निर्देशकले सुधार गर्नुपर्ने विषयलाई पनि समेटेका छन्।
पूरा समाचारः फिल्म समीक्षाः कमजोरी भए पनि ‘पैसा र समयको सत्यानाश’ भन्नु नपर्ने फिल्म ‘ऐंचो पैँचो’

यस्तै उकेराले राति आफ्नो नियमित स्तम्भ डाक्टरका सुखदुःख छाप्यो। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुभवहरू समेटियो।  डा. अधिकारीले कोरोना कालमा आफूले भोगेका अनुभव उकेरासँग साटेका छन्।
पूरा समाचारः डा. समीरको अनुभव: कोरोना कालका ती कहादीलाग्दा क्षण

त्यसैगरी उकेराले प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी)लाई एकै पटक सरुवा गरेको समाचार लेख्यो।
पूरा समाचारः एकै पटक सरुवा भए ४८ एसपी र १२० डीएसपी, को–को परे सरुवामा (सूचीसहित)

भदौ १६, २०८० शनिबार २२:१०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।