फेरि रोकियो भारत र पाकिस्तानबीचको खेल
काठमाडौं : भारत र पाकिस्तानबीचको खेल फेरि रोकिएको छ।
श्रीलंकाका पल्लेकेलेमा पानी परेपछि ११ ओभर २ बल खेलेपछि स्थगित भएको हो।
टस जितेर ब्याटिङ रोजेको भारतले यो समयसम्म तीन विकेट गुमाएर ५१ रन बनाएको छ।
भारतले पाँचौं ओभरमा कप्तान रोहित शर्मा, सातौं ओभरमा विराट कोहली र दशौं ओभरमा श्रेयस अय्यरलाई गुमायो।
शर्मा ११, कोहली ४ र अय्यर १४ रन बनाएर आउट भए। पाकिस्तानका साहिन साह अफरिदीले दुई तथा हरिश रौफले एक विकेट लिए।
शुभमन गिल २४ बलमा ६ रन र इशान किसानले ६ बलमा २ रन बनाएर खेलिरहेका छन्।
यसअघि पनि ४ ओभर १ बल गरेपछि पानी परेर खेल केहीबेर रोकिएको थियो।
भदौ १६, २०८० शनिबार १६:५७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।