एसिया कप : पाकिस्तानलाई तेस्रो सफलता
काठमाडौं : एसिया कपमा भारतविरुद्धको खेलमा पाकिस्तानलाई तेस्रो सफलता हात परेको छ।
दशौं ओभरको पाँचौं बलमा पाकिस्तानका हरिश रौफले भारतका श्रेयर अय्यरको विकेट चट्काए। हरिशको बलमा फकर जमानले क्याच आउट गरे।
यसअघि पाँचौं ओभरको अन्तिम बलमा साहिन शाह अफरिदीले रोहित शर्मालाई र सातौं ओभरको तेस्रो बलमा अफरिदीले नै विराट कोहलीलाई आउट गरेका थिए।
रोहित ११, कोहली ४ र अय्यर १४ रन बनाएर पेभेलियन फर्किए।
अय्यरको विकेट गएसँगै क्रिजमा इशान किसान आएका छन्। अहिले क्रिजमा किसान र शुभमन गिल छन्। गिल लामो समय क्रिजमा टिके पनि खासै रन बनाउन सकेका छैनन्।
१५ रनमा पहिलो विकेट गुमाएको भारतले २७ रनमा दोस्रो र ४८ रनमा तेस्रो विकेट गुमाएको हो।
भदौ १६, २०८० शनिबार १६:४७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।