एसिया कप : भारतको दुई विकेट पतन, रोहित र विराट आउट

एसिया कप : भारतको दुई विकेट पतन, रोहित र विराट आउट

काठमाडौं : एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा भारतको दुई विकेट गएको छ।

पाँचौं ओभरको अन्तिम बलमा साहिन शाह अफरिदीले रोहित शर्मालाई र सातौं ओभरको तेस्रो बलमा अफरिदीले नै विराट कोहलीलाई आउट गरेका हुन्।

कोहलीको विकेट गएसँगै क्रिजमा श्रेयर अय्यर आएका छन्। अहिले क्रिजमा अय्यर र शुभमन गिल छन्।

१५ रनमा पहिलो विकेट गुमाएको भारतले २७ रनमा दोस्रो विकेट गुमाएको हो।

यसअघि खेल वर्षाका कारण केहीबेर रोकिएको थियो।

भदौ १६, २०८० शनिबार १६:३०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।