एसिया कप : भारतले टस जित्यो
एजेन्सी : भारतले एसिया कपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।
श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
भारतले आजको खेलमा शार्दुल ठाकुर, जस्प्रित बुमराह र मोहम्मद शिराजलाई मैदान उतारेको छ। बुमराह एक वर्षपछि टोलीमा फर्किएका हुन्।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो। भारतको यो पहिलो खेल हो। भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ।
पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ। पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ।
पाकिस्तानको प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव
भदौ १६, २०८० शनिबार १५:१५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।