केटीएम मोटरसाइकलको एक्स्चेन्ज क्याम्प, १५ हजार रुपैयाँ अतिरिक्त दिइने
काठमाडौं : मोटरसाइकल कम्पनी केटीएमले पाँच दिनको लागि मोटरसाइकल एक्स्चेन्च क्याम्पको आयोजना गरेको छ।
सेप्टेम्बर ३ देखि ८ तारिखसम्म हुने क्याम्पमा मोटरसाइकल पारखीहरूले नक्सालस्थित कम्पनीमा शोरुममा गई कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा मोटरसाइकललाई नयाँ केटीएमको मोटरसाइकलसँग साट्न सकिने कम्पनीले जनाएको छ।
पुरानो मोटरसाइकल वा स्कुटरको मूल्याङ्कन पाइराखेको भन्दा १५ हजार रुपैयाँ अतिरिक्त प्रदान गर्ने कम्पनीको दाबी छ।
यसका साथै नयाँ मोटरसाइकल किन्नेका लागि पनि ५० प्रतिशत डाउनपेमेण्टमा ९.९९ प्रतिशत मात्र ब्याज तिरेर मोटरसाइकल आफ्नो बनाउन पाउनेछन्।
यहाँ नगदमै मोटरसाइकल किन्न चाहनेका लागि १० हजार रुपैयाँ छुट अनि फाइनान्स सुविधा लिनेका लागि समेत पाँच हजार रुपैयाँ छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
भदौ १६, २०८० शनिबार १५:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।