बुटवलमा गोरक्षा वृहत् शान्ति र्‍याली (तस्बिरहरू)

बुटवलमा गोरक्षा वृहत् शान्ति र्‍याली (तस्बिरहरू)

बुटवल : बुटवलमा गोरक्षा वृहत् शान्ति र्याली निकालिएको छ। ‘गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर’ भन्ने नारासहित बुटवलको राजमार्ग चौराहबाट र्याली निकालिएको हो।

र्याली बुटवलको मिलनचोक, बसपार्क, अस्पताललाईन हुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

हिन्दु धर्मका अगुवाहरूले गाई मारेर खानेहरू कहिल्यै हिन्दु हुन नसक्ने भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए।

कोण सभामा बोल्दै  विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग समेत गरे।

भदौ १६, २०८० शनिबार १०:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।