दाङको गणपति तेल मिलमा आगलागी, दुई करोड बराबरको क्षतिको अनुमान

दाङको गणपति तेल मिलमा आगलागी, दुई करोड बराबरको क्षतिको अनुमान
सांकेतिक तस्बिर

दाङ : तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शनिबार बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए।

आगलागी भएको खबर पाएलगत्तै  ठूलो सङ्ख्यामा स्थानीय, पानी  ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। आगलागीको कारण अझै खुलेको छैन।

उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो।

भदौ १६, २०८० शनिबार ०९:०६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।