काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं : काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज (शनिबार) करिब ८ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले आज बिहान सूचना निकालेर सो कुराको जानकारी दिएको छ। 

टेकु तथा के–थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत अवरुद्ध हुने भएको हो। 

यसैगरि रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा शनिबार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। 

विद्युत आपूर्ति कम प्रभावित हुने गरी वैकल्पिक व्यवस्थाबाट नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने प्राधिकरणले निकालेको सूचनामा उल्लेख गरिएको छ।

भदौ १६, २०८० शनिबार ०८:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।