आजको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा

आजको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौं : आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना छ।

राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

भदौ १६, २०८० शनिबार ०७:१०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।