उकेरा टप फाइभ : कर्मचारी सरुवा र स्टण्डमै स्वाथ्यमन्त्रीको ध्यानदेखि नीलहिरा गएपछि टीकारामले पाएको ज्ञानसम्मको प्रसङ्ग

उकेरा टप फाइभ : कर्मचारी सरुवा र स्टण्डमै स्वाथ्यमन्त्रीको ध्यानदेखि नीलहिरा गएपछि टीकारामले पाएको ज्ञानसम्मको प्रसङ्ग

काठमाडौं : शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा समाजवादी मोर्चाले प्रदेशस्तरीय सन्देश सभा घोषणा गर्यो। घोषणा सभामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष, एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत मोर्चाका शीर्ष नेताहरू उपस्थित थिए।

शुक्रबार नै बागमती क्रिकेट संघको अध्यक्षमा नेपाली क्रिकेट संघका पूर्वकप्तान पारस खड्का निर्वाचित भए। केही दिनअघि काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका उनी २३ मतसहित प्रदेश अध्यक्षमा निर्वाचित भए।

शुक्रबार नै सरकारले नेपालको नक्सालाई छिमेकी मुलुकहरूले सम्मान गर्नुपर्ने भन्यो। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सामा नेपाल स्पष्ट र दृढ रहेको बतायो। चीनले हालै जारी गरेको नक्सामा नेपालको पुरानै नक्सा देखिएपछि मन्त्रालयले आफ्नो धारणा प्रष्ट पारेको हो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शुक्रबार बिहान आठ दलीय गठबन्धनको समर्थन पाएर मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले अहिलेसम्म पनि लुम्बिनी सरकारलाई पूर्णता दिन नसकेको समाचार लेख्यो।
पूरा समाचारः गठबन्धन भित्रै भागबन्डा नमिल्दा लुम्बिनीमा मन्त्रिपरिषद्ले पूर्णता पाएन, सभापति चयनमा समेत ढिलाइ

दिउँसो उकेराले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री बनेपछि कर्मचारी सरुवा र सस्तो लोकप्रियताका स्टण्टहरूमा नै रमाउन थालेको समाचार लेख्यो।
पूरा समाचारः स्वास्थ्यमन्त्री बस्नेत कर्मचारीको सरुवा र नियुक्तिमै रमाउँदै

अपरान्ह उकेराले आफ्नो नियमित स्तम्भ मध्यमधारमा आफूलाई ‘ननबाइनरी’ भनेर चिनाउन चाहने टीकाराम भुसालको अनुभवबारे समाचार लेख्यो। जसमा उनले आफूलाई ‘गे’ भन्दा गर्व हुने बताएका छन्।
पूरा समाचारः मध्यमधारः ...त्यसपछि टीकारामले स्वीकारे ‘म गे हुँ’

अपरान्ह नै बागमती क्रिकेट संघको अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का विजयी भएको समाचार लेख्यो।
पूरा समाचारः बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

राति उकेराले नेपालको भूभाग भारतको नक्सामा समेटेर चीनले नक्सा जारी गरेपछि परराष्ट्र मन्त्रालयले छिमेकी मुलुकहरूले नेपालको नक्सालाई सम्मान गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको समाचार लेख्यो।
पूरा समाचारः चीनको नक्सापछि सरकारको विज्ञप्तिः नेपालको नक्सालाई छिमेकी मुलुकले सम्मान गर्नुपर्छ

भदौ १५, २०८० शुक्रबार २२:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।