प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भन होलेन बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज भएको भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

सिनेटर क्रिस भन होलेन शुक्रबार नै नेपाल भ्रमणमा आएका हुन्। आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगबारे सम्बन्धित निकायसँग छलफल गर्ने जनाइएको छ।

भदौ १५, २०८० शुक्रबार २१:४७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।