नेपाली अर्थतन्त्र निरास हुने अवस्था छैन : अर्थमन्त्री महत
बुटवल : नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सुधारका संकेत देखिएको बताएमा छन्।
बुटवल जेसिजको ५०औं वर्षको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले उद्योगी व्यवसायी निरास हुनुपर्ने अवस्था नरहेको बताए।
जेसिजको मूलमान्यता र क्रियाकलाप अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै उनले लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा यसको विशेष भूमिका खेलेकाे बताए।
अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले अर्थतन्त्र श्रीलंकाकरण हुने भने सब हल्ला मात्र भएको बताए। उनले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैँमा सकारात्मक भएकाे बताए।
अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उनले यो धेरै समय नटिक्ने दाबी गरे। ब्याजदरमा कडाइ गर्न आवश्यक नभएको भन्दै उनले अब लगानीको वातावरण चाहिने बताए।
भदौ १५, २०८० शुक्रबार २१:३१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।