भारत-पाकिस्तान खेलअघि पाकिस्तानी बलरबारे बोले विराट कोहली

भारत-पाकिस्तान खेलअघि पाकिस्तानी बलरबारे बोले विराट कोहली

काठमाडौं : एसिया कप क्रिकेटमा सेप्टेम्बर २ मा भारत र पाकिस्तानबीचको खेल हुँदैछ।

खेलअघि भारतीय ब्याट्सम्यान विराट कोहलीले पाकिस्तानी बलरको सामना गर्न आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन्।

भारतले पाकिस्तानविरुद्धको पछिल्लो तीन एकदिवसीय खेल जितेको थियो। दुवै टोली पछिल्लो पटक २०१९ को विश्वकपमा आमनेसामने भएका थिए।

स्टार स्पोर्ट्ससँग कुरा गर्दै विराट कोहलीले भने, ‘मलाई लाग्छ कि बलिङ पाकिस्तानी टोलीको शक्ति हो। पाकिस्तानसँग केही अचम्मका बलरहरू छन् जसले कुनै पनि समयमा खेल परिवर्तन गर्न सक्छन्। यस्तो अवस्थामा, हामीले एकदमै उत्कृष्ट खेल्नुपर्छ।’

भदौ १५, २०८० शुक्रबार १९:५४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।