स्विट्जरल्याण्डको प्रसिद्ध आइसक्रिम 'मुभ एन पिक’ नेपालमा, ठमेलमा पहिलो आउलटेल खुल्यो
काठमाडौँ : स्विजर्ल्याण्डको 'मुभ एन पिक आइसक्रिम, नेपाली बजारमा आएको छ। केएल दुगड समूहले सो उत्पादन नेपाल भित्र्याएको हो।
यसले आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वास्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिने कम्पनीले जानकारी दिएको छ।
काठमाडौँको ठमेलस्थित ठमेल द कर्नरमा यसको पहिलो आउटलेट खुलेको छ। आउटलेट बिहीबारबाट सञ्चालनमा आएको छ।
स्टोर शुक्रवार र शनिवार बाहेक दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ। शुक्रवार र शनिवार भने राति २ बजेसम्म खुला रहने कम्पनीले बताएको छ।
मुभएनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्विस मूलबाट आउने र प्रत्येक स्कूपले स्विट्जरल्याण्डको समृद्ध सम्पदाको अनुभूति गराउने कम्पनीको दाबी छ।
भदौ १५, २०८० शुक्रबार १८:२८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।