रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

सभापति लामिछानेलाई भेट्न राजदूत श्रीवास्तवको टोली शुक्रबार दिउँसो पार्टी कार्यालय वनस्थली पुगेको थियो।

भेटमा मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने कुरा सभापति लामिछानेले राखेको पार्टी महामन्त्री डा. मुकुल ढकालले बताए।

उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा.मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल र प्रतिनिधि सभा सदस्य मनिष झा पनि सहभागी थिए।

भदौ १५, २०८० शुक्रबार १७:४६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।