भ्रष्टाचारका फाइल खोल्दा बद्लाको भावना लिनु हुदैन : माधव नेपाल

भ्रष्टाचारका फाइल खोल्दा बद्लाको भावना लिनु हुदैन : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भ्रष्टाचारका फाइल खोल्दा बद्लाको भावना लिन नहुने बताएका छन्।

शुक्रबार समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले सरकारलाई निश्पक्ष भएर भ्रष्टाचारको फाईल खोल्न आग्रह गरेका हुन्।

सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो निरन्तर समर्थन रहँदै आएको पनि उनले बताए।

‘उहाँले भ्रष्टाचारी कोही उम्किँदैनन् भनेर प्रतिवद्धता जनाउनु भएको छ । यसमा बदलाको भावनामा होईन, निश्पक्ष भएर अगाडि बढाउनुस्, हामी सबैको साथ रहन्छ,’उनले भने।

समाजवादी मोर्चामाथि हुने गरेका नकरात्मक टिप्पणीलाई सकारात्कम काममार्फत जवाफ दिन आवश्यक रहेको उनले बताए। 

भदौ १५, २०८० शुक्रबार १६:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।