चीनलाई ध्वस्त पार्न अमेरिकाले नेपालको प्रयोग गरिरहेको छ : झलनाथ खनाल

चीनलाई ध्वस्त पार्न अमेरिकाले नेपालको प्रयोग गरिरहेको छ : झलनाथ खनाल

काठमाडौं : एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनलाई ध्वस्त पार्न अमेरिकाले नेपाललाई प्रयोग गरिरहेको बताएका छन्।

काठमाडौंमा भएकाे एक कार्यक्रममा नेता खनालले आर्थिक हिसाबले चीन नम्बर एक बन्न लागेको अवस्थामा अमेरिकाले चीनलाई ध्वस्त बनाउन खोज्नका लागि नेपाललाई प्रयोग गरिरहेको बताए।

‘अमेरिकी साम्राज्यवादले नेपाललाई चीनविरुद्ध प्रयोग गर्न खोजिरहेको छ,’ उनले भने, ‘त्यसका लागि उनीहरूले एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी लगायतका कार्यक्रमहरू लागू गर्दैछ।’

अमेरिकाले आफ्नो रणनीतिक योजनालाई लागू गर्नका लागि २०१७ मा एमसीसी सम्झौता गरेको बताए। अमेरिकी साम्राज्यवादको हितका लागि नेपालका दलाल पुँजीवादीहरूले सम्झौतामा हस्ताक्षर गरेको बताए।

एमसीसी सम्झौताको बारेमा आफूले संसदमा आउने भएपछि मात्र थाहा पाएको भन्दै उनले सम्झौतामा दर्जनौं असमान विषयहरू भएको बताए।

खनालले व्याख्यात्मक टिप्पणीलाई लाज ढाक्ने टालोको संज्ञा दिँदै त्यसले अहिलेसम्म कानूनी मान्यता नपाएको बताए।

भदौ १५, २०८० शुक्रबार १५:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।