उपप्रधानमन्त्री श्रेष्ठ र संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच भेटवार्ता

उपप्रधानमन्त्री श्रेष्ठ र संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच भेटवार्ता

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार गृहमन्त्रालयमा भेटघाट भएको छ।

नेपाल र बेलायतबीच मैत्री सन्धि भएको एक सय वर्ष  पुगेको अवसमा भएको भेटमा मन्त्री क्षेष्ठले राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए। 

भेटवार्ताका क्रममा बेलायत र नेपालको कुटनीतिक सम्बन्ध, सहकार्यलगायतका बिषमा छलफल भएको हो।

लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासका माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको गृहमन्त्री क्षेष्ठले बताए । 

यसका लागि नेपालका विकास साझेदारको सहयोग महत्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकाले यसलाई दिगो बनाउन मित्रराष्ट्रको सहयोग थप महत्वपूर्ण हुने उनको भनाई थियो। 

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे। 

सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुञ्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए।

भदौ १५, २०८० शुक्रबार १४:४१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।