कांग्रेस र माओवादीबीच खटपट परेको छैन : प्रवक्ता सापकोटा

कांग्रेस र माओवादीबीच खटपट परेको छैन : प्रवक्ता सापकोटा

काठमाडौं : माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस र माओवादीबीच खटपट नपरेको बताएका छन्।

शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले भोलिको दिन अनिश्चित भए पनि अहिलेसम्म कांग्रेस र माओवादीबीच खटपट नपरेको बताए।

‘भोलि राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन, सामान्य रुपमा मैले बुझेसम्म गठबन्धनमा तत्कालै अहिले कुनै समस्या आउँदैन, कांग्रेस र माओवादीको बीचमा खटपट परेको छैन।’

प्रवक्ता सापकोटाले भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले गठबन्धनको पक्षमा दृढ भएर अगाडि जाने निर्णय चाहिँ अन्य निर्णयभन्दा प्रष्टसँग गरेकाले अहिले नै शंका मानिहाल्नुपर्ने स्थिति नरहेको बताए।

केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले सरकारको काम कारबाहीलाई लिएर आलोचना गर्दै विकल्प खोज्नुपर्ने बेला आएको बताएका थिए।

भदौ १५, २०८० शुक्रबार १४:२४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।