चीनले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक माध्यमबाट कुरा हुन्छ : मोओवादी केन्द्र

चीनले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक माध्यमबाट कुरा हुन्छ : मोओवादी केन्द्र

काठमाडौं : चीनले हालै जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक लयगातका क्षेत्र नसमेटेको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको बेलामा कुरा हुने माओवादी केन्द्रले जनाएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सो बिषयमा कुटनीतिक माध्यमबाट छलफल गर्नुपर्ने बताए।

‘चीनले जारी गरेको नक्सामा किन हाम्रो महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ। मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ। त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ। प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ। त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ’, उनले भने।
 

भदौ १५, २०८० शुक्रबार १४:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।