कांग्रेसमाथि चारैतिरबाट आक्रमण भयो : शेखर कोइराला

कांग्रेसमाथि चारैतिरबाट आक्रमण भयो : शेखर कोइराला

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्। 

शुक्रबार दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने उल्लेख गरे।

‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसैले अब कांग्रेस एक ढिक्का हुनुपर्छ।’

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे।

तनहुँमा उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले तनहुँ कांग्रेसको गढ भएको बताए।

भदौ १५, २०८० शुक्रबार १४:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।