आज गाईजात्रा मनाइँदै

आज गाईजात्रा मनाइँदै

काठमाडौं : आज (शुक्रबार) देशभर गाईजात्रा पर्व मनाइँदै छ। यस वर्ष तिथिका हिसाबले बिहीबार जनैपूर्णिमाकै दिन गाईजात्रा परेकाले कतिपयले हिजै पनि गाईजात्रा मनाएका थिए। 

गाईजात्राको अवसरमा  काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ। बिहानैदेखि मानिसलाई गाईका रुपमा सिंगारेर बजार परिक्रमा गराउन सुरु गरिएको छ। वसन्तपुर दरबार क्षेत्र केन्द्रित भएर गाईजात्रा प्रदर्शन भइरहेको छ।

विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्य रुपमा मनाउने गरिन्छ। 

वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ। प्रताप मल्लले पुत्र शोकबाट विह्वल भएकी रानीलाई अरूका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा सुरु गरेको इतिहास छ। 

भदौ १५, २०८० शुक्रबार १३:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।