नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु : हजुरबादेखि नातिसम्मका उपयोगी उपकरण एकै ठाउँमा

नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु : हजुरबादेखि नातिसम्मका उपयोगी उपकरण एकै ठाउँमा
सबै तस्बिर : मोनिका वाइबा

काठमाडौँ : हजुरबाका पुस्ताकादेखि नाति पुस्तासम्मका लागि चाहिने उपकरण तथा सवारी एकै थलोमा उपलब्ध रहेको नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेकट्रोनिक्स एन्ड होम अप्लायनसेस् तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रवारबाट सुरु भयो।

एक सय बढी कम्पनी सहभागी रहेको प्रदर्शनीको प्रारम्भ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले गरेका थिए।

मिडिया स्पेस सोलुसनस्, फ्युचरेक्स ट्रेड फेर एन्ड इवेंट्स, एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एन्ड इम्पोर्टरस एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो।

भदौ १५ बाट सुरु भएको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा तीन दिनसम्म हुनेछ। विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी प्रभावकारी हुने आयोजकले जनाएका छन्।

प्रदर्शनीमा विद्धुतिय कार, स्कुटर, मोटरसाइकल, साइकल तथा रिक्सा, चारजिङ्ग स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेकट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको व्यवसायमा संलग्न कम्पनीहरू सहभागिता छन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेकट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट भएका छन्।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण तथा युएसएड क्लियर एड/ एफएचआई३६० रहेका छन्। ल्यान्यार्ड पार्टनरमा यासुडा तथा ई कमर्स पार्टनरमा दराज रहेको छ।

भदौ १५, २०८० शुक्रबार १३:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।