१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुमबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

उनले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका–१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ १५, २०८० शुक्रबार १२:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।